वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा दशमी - २५
नेपाल सरकारले हुलाक सेवा अन्तर्गत कार्यरत सहायक स्तरका कर्मचारीहरुको क्षमता एवं दक्षता अभिवृद्धि गर्नका लागि स्थापना भएको यस केन्द्रका उद्देश्यहरु निम्नानुसार रहेका छन् । १.हुलाक सेवामा संलग्न कर्मचारीहरुको ज्ञान, सीप, दक्षता र क्षमता अभिबृद्धि गर्नुका साथै उनीहरुको मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याउने । २.हुलाक सेवालाई ग्राहकमुखी, गुणस्तरीय, छिटोछरितो र समयसापेक्ष बनाउन योगदान पुग्ने प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने । ३. कर्मचारीहरुको पेशागत विशिष्टता र प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने । ४.तालिम कार्यक्रमहरुको तर्जुमा, संशोधन एवंम सञ्चालन गर्ने । ५. हुलाक सेवाको सञ्चालनमा प्रविधिको प्रयोग बढाउदै हुलाकलाई सूचना प्रविधिमैत्री बनाउन सोअनुरुप तालिम कार्यक्रमहरु सञ्चालन गर्ने । ६. केन्द्रीय हुलाक सूचना केन्द्रका रुपमा कार्य गर्ने ७.हुलाक पत्रिका र वार्षिक भित्ते पात्रो प्रकाशन गर्ने, ८.प्रशिक्षण कार्यसँग सम्बन्धीत गोष्ठी, कार्यशाला र अनुसन्धानात्मक कार्यहरु गर्ने