वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा दशमी - २५
हुलाक प्रशिक्षण केन्द्रका उद्देश्य निम्नानुसार रहेका छन् ।
1.हुलाक सेवामा संलग्न कर्मचारीहरुको ज्ञान, सीप, दक्षता र क्षमता अभिबृद्धि गर्नुका साथै उनीहरुको मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याउने ।
२.हुलाक सेवालाई ग्राहकमुखी, गुणस्तरीय, छिटोछरितो र समयसापेक्ष बनाउन योगदान पुग्ने प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने ।
३. कर्मचारीहरुको पेशागत विशिष्टता र प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने ।
४.तालिम कार्यक्रमहरुको तर्जुमा, संशोधन एवंम सञ्चालन गर्ने ।
५. हुलाक सेवाको सञ्चालनमा प्रविधिको प्रयोग बढाउदै हुलाकलाई सूचना प्रविधिमैत्री बनाउन सोअनुरुप तालिम कार्यक्रमहरु सञ्चालन गर्ने ।
६. केन्द्रीय हुलाक सूचना केन्द्रका रुपमा कार्य गर्ने
७.हुलाक पत्रिका र वार्षिक भित्ते पात्रो प्रकाशन गर्ने,
८.प्रशिक्षण कार्यसँग सम्बन्धीत गोष्ठी, कार्यशाला र अनुसन्धानात्मक कार्यहरु गर्ने