national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

परिचय

हुलाक प्रशिक्षण केन्द्र

हुलाक सेवा अन्तरगत कार्यरत कर्मचारीलाई समय सापेक्ष रुपमा दक्ष र सक्षम बनाई हुलाक सेवालाई विश्वसनीय, प्रभावकारी र भरपर्दो वनाउने उद्देश्यले वि.सं. २०१९ साल मंसिर १ गते हुलाक प्रशिक्षण केन्द्रको स्थापना भएको हो । हुलाक सेवामा आवद्ध कर्मचारीहरुलाई प्रशिक्षणको माध्यमवाट ज्ञान, सीप प्रदान गरी क्षमतावान वनाउनुका उद्देश्यले यस केन्द्रको स्थापना भएको पाइन्छ ।यो केन्द्रमा मुख्य प्रशिक्षकको नेतृत्वमा ९ जना कर्मचारी रहेको संगठन संरचना रहेको छ । प्रशिक्षण केन्द्रले हाल सम्म विभिन्न श्रेणीका हजारौं कर्मचारीहरुलाई प्रशिक्षित गरीसकेको छ । हुलाकमा आवद्ध मानव शक्ति विकास केन्द्रित भई स्थापित यस केन्द्रले समयानुकुल पाठ्यक्रम तर्जुमा गरी सोहि अनुसार प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

हुलाक प्रशिक्षण केन्द्रले स्थापना कालदेखि नै क्षमता अभिवृद्धि तथा उत्प्रेरणात्मक तालिमहरु संचालन गर्दै आएको छ । यस केन्द्रबाट संचालन हुन सेवाकालिन तालिमले कर्मचारीको वृत्ति विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दछ । त्यस्तै यस किसिमका तालिमले कर्मचारीहरुमा नयाँ जोश र उर्जा थपिने गरेकोले यस किसिमका तालिमको माग उच्च रहेको भएता पनि यस केन्द्रलाई उपलब्ध बजेटको सिमामा रही तालिम सञ्चालन गर्नु पर्दा पर्याप्त मात्रामा कर्मचारीहरुलाई तालिम प्रदान गर्न सकिएको छैन । त्यसरी नै सबै जिल्ला स्थित कार्यालयहरुलाई समेत समेट्न सकिएको छैन । एकातिर यथोचित बजेटको अभावमा हुलाक सेवाको आकर्षणको रुपमा रहेको प्रशिक्षणबाट अझै पनि धेरै कर्मचारीहरु बञ्चित हुँदै आएका छन भने अर्कोतिर जिल्ला हुलाक कार्यालयहरुले एउटै कर्मचारीलाई पटक पटक मनोनयन गरी पठाउने प्रवृत्तीलाई समेत निरुत्साहित गर्न सकेको अवस्था छैन ।