Introduction

हुलाक सेवामा कार्यरत विभिन्न तहका खास गरी रा.प.अनं. र श्रेणी विहीन कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धि गर्ने तथा उनीहरुको मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई हुलाक सेवालाई ग्राहकमुखी एवं गुणस्तरीय बनाउने प्रमुख उदेश्यका साथ हुलाक प्रशिक्षण केन्द्रको स्थापना वि.स. 2019 साल मार्ग 1 गते काठमाण्डौ भएको हो । यो संस्था आफ्नो स्थापनाकालमा तत्कालीन Forest Resources Division कार्यालयसँगै पुतलीसडकमा रहेको थियो । पछि कमलपोखरी तथा ज्ञानेश्वारस्थित भाडाका घरहरुमा स्थानान्तरण हुँदै 2022 साल फागुन 9 गतेदेखि का.म.न.पा. वा.नं.-11 बबरमहलस्थित हालको भवनमा सारियो । हाल आएर हुलाक प्रशिक्षण केन्द्र कित्ता नं. 81 मा 1-1-3-1 र कित्ता नं. 81 मा 3-11-1-1 क्षेत्रफल जग्गा रहेको कम्पाउण्ड भित्र साना ठूला गरी 15 वटा कोठामा विभत्त दुई तले पुरानो राणाकालीन भवनमा रहेको छ ।

 

Read more
-->